संस्कृति संरक्षणमा भिर कोटका महिला समूह

स्याङ्जा- विगत केही वर्ष यता आधुनिक डेग,स्पिकरको प्रयोग बढ्दै गएको छ । जसले गर्दा पुरानो नेपाली लोक बाजाहरू ओझेलमा पर्न थालेका छन् । बिस्तारै नेपाली संस्कृतिको पहिचानको रूपमा स्थापित पञ्चेबाजाको महत्वमा पनि बिस्तारै कमी आएको छ । तर स्याङ्जाको भिर कोट ६ एकुवारका महिला समुुह भने लोपोन्मुख बाजाको संरक्षण गर्नुपर्ने अभियानमा लागेका छन् ।
आधुनिक डेग,स्पिकरको प्रयोग बढ्दै जाँदा नेपालको मौलिक पहिचान बाजाका रूपमा परिचित नेपाली पंन्चेवाजाको महत्वमा आजभोलि बिस्तारै कमी हुँदै गएको छ । तर स्याङ्जाको भिर कोट नगरपालिका ६ एकुवारका महिला समुुह भने पञ्चेबाजाको संरक्षणको सुरुवात गरेका छन् । बढ्दो आधुनिक तड्क भड्क आयातित बाह्य सँस्कृति हाबी हुँदै जाँदा पञ्चेबाजाको महत्वमा कमी आएको हो । युवापुस्ता वैदेशिक रोजगारीमा जानु र गाउँमा बुढापाका मात्रै हुँदा पञ्चेबाजा बजाउने जनशक्तिको अभाव हुँदा महिलाहरू नै कम्मर कसेर अगाडी बढेका छन्।
पन्चेवाजामा समावेश हुने दमहा , टेङ्को, ढोलकी , सनाई जस्ता बाजा बनाउन आवश्यक सामाग्री खरिदमा निकै समस्या रहेको छ । पछिल्ला केही वर्ष लोप हुँदै गएका मौलिक लोक बाजाको संरक्षणका लागी केही स्थानीय तहले पन्चेवाजा वितरण समेत गर्दै आएका छन् । चुलो चौकामा मात्र सीमित महिलाका लागी आम्दानी र पुस्ता हस्तान्तरणका लागी पनि तालीम दिएरै अगाडी बढाएको वडा अध्यक्ष वडा अध्यक्ष लक्ष्मण खत्री बताउनु हुन्छ
पुरानो संस्कृति संरक्षणका लागी यतिले मात्र नपुग्ने हुँदा हरेक स्थानीय तहमा आवश्यक तालीम प्रदान गर्नका लागी तिनै तहका सरकारले पहल सुुरु गर्न आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्