विदुरमा विपन्न नागरिकलाई स्वास्थ्य बिमा

नुवाकोट-  नुवाकोटको विदुर नगरपालिकामा विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । हाल  ६ सय ५० विपन्नलाई लक्षित गरी सो स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको छ ।

विदुर नपाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने निर्णय गरेसँगै यसको छनौट प्रक्रिया सुरु भएको हो । मेयर राजन श्रेष्ठले यस कार्यक्रम अन्तर्गत नगर भरिका ६ सय ५० अति विपन्न नागरिकलाई पहिलो चरणमा स्वास्थ्य बिमाको सुविधा प्रदान गरिने लक्ष्य रहेको छ ।

विदुर नपाको १३ वडामध्ये प्रत्येक वडाबाट कम्तीमा ५० परिवारलाई समेट्ने लक्ष्य राखिएको मेयर श्रेष्ठको भनाई छ । एक स्वास्थ्य बिमाले एक परिवारका पाँच जना सदस्यलाई समावेश गर्नेछ ।

नगर कार्यपालिकाको पूर्ण बैठकले “अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यविधि, २०८१” पारित गरेको थियो । सोही निर्णयअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

स्वास्थ्य बिमाका लागि इच्छुक अति विपन्न नागरिकहरूले सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गरेका हुन् ।  परिवारका सबै सदस्यको नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र ९सक्कल र प्रतिलिपि०, बालबालिकाका लागि जन्म दर्ता प्रमाणपत्र ९सक्कल र प्रतिलिपि०, विवाह दर्ता वा बसाइँ सराइ दर्ताको प्रमाणपत्र ९आवश्यक परेमा०, विपन्न नागरिक परिचयपत्र वा वडा कार्यालयको सिफारिस पत्र, रोग निदान भएको डाक्टर वा स्वास्थ्य संस्थाको प्रमाणपत्र र निवेदकको दुई प्रति पासपोर्ट साइजको फोटो कागजात सङ्कलन गरिएको छ ।

विदुर नपाका मेयर रजन  श्रेष्ठले यसो कार्यक्रमले अति विपन्न समुदायको स्वास्थ्य सुरक्षामा योगदान पुग्ने दाबी गर्नुभयो । विदुर नपाले स्वास्थ्य सुधारका विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको पनि मेयर श्रेष्ठले वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.