प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त

काठमाडौँ- मन्त्रिपरिषदको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक पदमा दिपक थापालाई नियुक्त गर्न निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिनुभएको हो ।
आजबाट ३० वर्षे सेवा अवधिका कारण आईजीपी वसन्त कुँवर अवकाश भएपछि सरकारले थापालाई नयाँ आईजीपीमा नियुक्त गरेको हो ।
थापा नेपाल प्रहरीका ३१औँ प्रहरी प्रमुख बन्नुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्