बीपी राजमार्ग अन्तर्गत काभ्रेतर्फको सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान

काभ्रे- गत असोज महिनाको १०, ११ र १२ गतेको बाढीले बगाएर क्षतिग्रस्त बनेको वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लातर्फको सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान भएको छ ।

मंगलबार सडक डिभिजन भक्तपुरले दोस्रो खण्डको ठेक्का आह्वान गरेको हो । दोस्रो खण्ड भनेको काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका अन्तर्गत पर्दछ । यसको लम्बाई करिब ८ किलोमिटरको रहेको बताइएको छ । यो खण्ड दल्लाबेसीदेखि चरसयाबेसीसम्म रहेको छ ।

यसका लागि साढे दुई अर्ब रुपैयाँ बजेट छुट्याइएको डिभिजनले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले साढे ६ करोड रुपैयाँ ‘सेक्युरीटी’ बापत राख्नुपर्ने हुन्छ ।

यसअघि गत हप्ता सडक डिभिजन सिन्धुलीले बाढीबाट क्षतिग्रस्त सिन्धुलीतर्फको खण्ड पुनःनिर्माणका लागि ठेक्का निकालेको थियो ।

अब दुईवटा खण्डको ठेक्का आह्वान मात्रै बाँकी रहेको छ । त्यसमा पनि एउटा खण्ड निर्माणको लागि अझै जापानलाई दिने गरि ‘वेटिङ लिस्ट’ मा छ ।

३० दिनसम्म आवेदन दिने म्याद राखिएको छ । त्यसपछि प्राविधिक र आर्थिक मूल्यांकन गर्ने काम गर्दा साढे दुई महिनामा ठेक्का सम्झौता हुन्छ । यसको समयावधि भने दुई वर्षको हुनेछ । सरकारले बाढीबाट क्षतिग्रस्त विपी राजमार्गको पुनःनिर्माण गर्न साढे ८ अर्ब बजेटको स्रोत सुनिश्चिता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.