सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

काठमाडौँ –  काठमाडौँको जन बहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ ।

बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।

२०७२ सालमा भूकम्पले क्षति पुर्‍याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्त्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । मन्दिर पुनः निर्माण २०७७ साल माघ २९ गतेदेखि पुनः निर्माण कार्य भइरहेको छ ।

हालसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२.१८ प्रतिशत रहेको बताइएको छ । तत्कालीन समयमा लागत अनुमान गर्दा चाँदीको आसन लगायतका कार्यहरू समावेश नभएकाले चाँदीको आसन राख्नको लागि २०४ किलोग्राम चाँदी दान गरिएको हो ।

चाँदीको लागि भारत सरकारबाट ३९ लाख १० हजार बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.