पाल्पा रामपुरको शहीद बहुमुखि क्याम्पसमामा विवाद

पाल्पा-  पूर्वी पाल्पाको रामपुर स्थित शहीद बहुमुखि क्याम्पसमा स्ववीयू निर्वाचनाको मतगण्नाको क्रममा प्रहरीले तीन राउड गोलि चलाएको छ ।

मतगणनाको क्रममा प्रहरीले विद्यार्थीको भिडलाई तितिर वितर बनाउन गोली नै चलाएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो ।

गोली प्रहार भएपछि भाग्ने क्रममा विभन्न विद्यार्थी संगठनका १२ जना भन्दा बढी घाइते भएका छन । घाइतेको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

मतगणनाको क्रममा सदर र बदर मत बारे विवाद सिर्जना भएपछि मतगणनाको लागि प्रतिनिधिले मतदान स्थल छोडेपछि विवाद सिर्जना भएको थियो । विवाद आएपछि शहीद बहुमुखी क्याम्पसमा जारी मतगणना हाललाई स्थिगित गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.