भूमि कटान रोक्न तटबन्ध

स्याङ्जा –  स्याङ्जामा कृषि पकेट क्षेत्रहरू भनेको आँधिखोलाले धार परिवर्तन गरी छोडेका विभिन्न टारहरू एवम् खेतीयोग्य फाँटहरू नै पर्दछन् । तिनै टार या फाँटहरूलाई हरेक वर्ष आउने बाढीले कटान गर्दै गइरहेका छन् । फलस्वरूप आधि खोला आसपासका कृषकहरू बर्साद सुरु भएसँगै खोला कटानको चिन्तामा पर्ने गर्दछन् । तर पछिल्लो समय कटानको पिडा भोगिरहेका कृषकलाई  भिर कोट नगरपालिकाले विगत ३ वर्षदेखि निरन्तर तटबन्धको काम गर्दा कृषकहरूका मुहारमा खुसी छाएको छ ।

प्रत्येक वर्ष आउने बाढीले धार परिवर्तन गरी खेतीयोग्य जमिन कटान गर्न थालेपछि पालिकाले विगत तिन वर्षदेखि तटबन्धको काम गरिरहेको छ । कृषि पकेट क्षेत्रको रोकथामका लागि पालिकाले हेलुदेखि डौवा सम्मको करिब ५ किलोमिटर आँधिखोलाको दुवैतर्फ तटबन्ध गर्ने कार्यमा सक्रियता देखाएको हो । पछिल्लो समय कटानको पिडा भोगिरहेका कृषकलाई कृषिमा आत्मनिर्भर पालिका स्थापित गर्ने उद्देश्यले भिर कोट नगरपालिकाले विगत ३ वर्षदेखि निरन्तर तटबन्धको काम गरेको छ ।

नगरपालिकाको बिच भएर बग्ने आँधिखोला सो क्षेत्रमा करिब २ हजार हेक्टर जमिन जोगाउन सरकारी क्षेत्रको पहलबाट नै सक्रियता भएको हो । आँधिखोलाले खेती गर्ने जमिनको कटान गर्ने धार परिवर्तनले सतह बराबर बन्दै जाँदा बढी कटान हुने गरेको प्राविधिकहरूले बताएका छन् । आँधिखोलाले प्रत्येक वर्ष नै खेतीयोग्य जमिन कटान गरी निरन्तर क्षति पुर्‍याउन लागेपछि स्थानीय तहको पहलमा सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा करिब ५ करोड लगानीमा २२ सय मिटर तटबन्धको काम सम्पन्न भएको छ भने बाँकी रहेको उर्वर भूमिको संरक्षणका लागि तटबन्धको काम निरन्तर अगाडी बढाउने भिर कोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य बताउनुहुन्छ ।

तीन खेती हुने भीरकोटका विभिन्न फाँटहरुमा खोला कटानले निरन्तर असर गर्दा सो क्षेत्रमा रोकथाम गर्न सक्ने हो भने कृषिमा आत्मनिर्भर बन्ने किसानहरुका लागि निकै राहत मिल्ने देखिन्छ । कृषिका लागि निकै उर्वर मानिने फाँटहरुमा मौसमी तथा बेमौसमी खेती गरी उत्पादन समेत बढाउनका लागि सम्बन्धित निकायहरुबाट पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.