धादिङमा पनि बढ्यो डढेलोको जोखिम

धादिङ –  सरोकारवाला निकायले सक्रियता नदेखाएपछि धादिङमा पनि डढेलोको जोखिम बढेको छ ।

गर्मी बढ्न थालेसँगै सामुदायिक बनहरूमा डढेलो सल्किन सुरु भएको छ ।

यसबाट वन र वन्यजन्तुको विनाशसँगै वायु प्रदूषणको जोखिम समेत बढेको छ ।

डढेलो नियन्त्रणका लागी न त समुदाय स्तरमा कुनै कार्यक्रम छ न  सरोकारवाला निकायको चासो ।

डिभिजन वन कार्यालय धादिङले समेत डढेलो नियन्त्रणमा चासो नदिएपछि हरेक वर्ष जस्तै यो वर्ष पनि डढेलो सल्कने क्रम बढेको छ ।

यसले वन र वन्यजन्तुको विनाशसँगै वायु प्रदूषणको जोखिम समेत बढाएको छ ।

डढेलो नियन्त्रणका लागी सरकारी एवं गैर सरकारी सघ संस्थाहरुले हरेक वर्ष लाखौँ रकम खर्च भएको देखाउने गरेका छन् । तर गैर सरकारी संस्थाहरूले गरेको खर्च कागजमै सीमित हुने गरेको छ ।

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि दर्जनौँ सामुदायिक वनमा  डढेलो सल्किएको  छ ।

यसरी सयौँ हेक्टर वन डढेलोले सखाप हुँदा समेत डिभिजन वन कार्यालय धादिङ बेखवर छ ।

बर्सेनि जंगलमा सल्कने डढेलोका कारण विभिन्न जीव जन्तुहरूको बास स्थान नष्ट भएकोले त्यस्ता जीव जन्तु लोपोन्मुख अवस्थामा पुग्दा वातावरणमा प्रतिकूल प्रभाव पर्दै गएको जानकारहरूको भनाई छ ।

पछिल्लो केही समययता बाँदर र मानिस बिचको द्वन्द्वका कारण किसानहरूले कृषि क्षेत्रमा निकै ठुलो नोक्सानी बेहोर्नू परेको गुनासो गरेका छन् ।

जङ्गल डढेलोबाट मात्रै जोगाउन सकेको खण्डमा वन्यजन्तुहरू गाउँ पस्ने खतरा कम हुने जानकारहरूको भनाइ छ ।

कुल क्षेत्रफल मध्य ५२ प्रतिशत क्षेत्रफल वन क्षेत्र भएको धादिङ जिल्लामा ७ सय १७ सामुदायिक बन,४सय ८५ कबुल यती र २५ निजी बन रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.