बिपी राजमार्ग अन्तर्गत काभ्रे तर्फको सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान

काभ्रे –  गत असोज महिनाको १०, ११ र १२ गतेको बाढीले बगाएर क्षतिग्रस्त बनेको बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्ला तर्फको सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान भएको छ ।

मङ्गलवार सडक डिभिजन भक्तपुरले दोस्रो खण्डको ठेक्का आह्वान गरेको हो । दोस्रो खण्ड भनेको काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका अन्तर्गत पर्दछ । यसको लम्बाई करिब ८ किलोमिटरको रहेको बताइएको छ । यो खण्ड दल्लाबेसीदेखि चरसयाबेसीसम्म रहेको छ ।

यसका लागि साढे दुई अर्ब रुपैयाँ बजेट छुट्टाइएको डिभिजनले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले साँढे ६ करोड रुपैयाँ ‘सेक्युरिटी’ बापत राख्नु पर्ने हुन्छ ।

यस अघि गत हप्ता सडक डिभिजन सिन्धुलीले बाढीबाट क्षतिग्रस्त सिन्धुली तर्फको खण्ड पुनः निर्माणका लागि ठेक्का निकालेको थियो ।

अब दुई वटा खण्डको ठेक्का आह्वान मात्रै बाँकी रहेको छ । त्यसमा पनि एउटा खण्ड निर्माणको लागि अझै जापानलाई दिने गरी ‘वेटिङ लिस्ट’ मा छ ।

३० दिनसम्म आवेदन दिने म्याद राखिएको छ । त्यसपछि प्राविधिक र आर्थिक मूल्याङ्कन गर्ने काम गर्दा साढे दुई महिनामा ठेक्का सम्झौता हुन्छ । यसको समयावधि भने दुई वर्षको हुनेछ । सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माण गर्न साढे ८ अर्ब बजेटको स्रोत सुनिश्चितता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.