शुल्क तिर्न नसकेका कारण विद्यार्थीलाई एसईई परीक्षाबाट वञ्चित नगर्न निर्देशन

सिराहा- सिरहाको मिर्चैया नगरपालिकाले शुल्क तिर्न नसकेका कारण कुनै पनि विद्यार्थीलाई एसईई परीक्षाबाट वञ्चित नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै नगरभरिका सबै विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।

कतिपय विद्यालयले शुल्क तिर्न नसकेकै कारण विद्यार्थीलाई परीक्षाको प्रवेश पत्र दिन नमानेको गुनासो आएको भन्दै प्रवेश पत्र उपलब्ध गराउन नगरपालिकाले आग्रह गरेको छ ।

मिर्चैया नगरपालिका भित्र रहेका ३३ विद्यालय मध्ये १५ वटा निजी विद्यालयका अभिभावकहरुले नगर शिक्षा इकाइमा आफ्ना बालबालिकाको प्रवेश पत्र रोकिएको गुनासो टिपाएका थिए ।

कुनै पनि विद्यार्थीलाई परीक्षाबाट वञ्चित गराइएको खण्डमा विद्यालयलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि नगरपालिकाको छ।
यस्तै, विद्यालयले प्रवेश पत्र नदिँदा पनि विद्यार्थीलाई परीक्षा केन्द्रमा पुग्न र केन्द्राध्यक्षलाई जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ ।
त्यस्ता विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था नगरपालिकाले मिलाउने मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले बताए ।

शिक्षा हरेक नागरिकको अधिकार हो,पैसा तिरेन भन्दैमा परीक्षाबाट वञ्चित गर्न नपाइने कानुनी व्यवस्था नै छ यदि कुनै विद्यालयले यस्तो बदमासी गर्छ भने कारबाही हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.