जनताका पक्षमा काम गराै : कृषि मन्त्री रामनाथ अधिकारी

धनकुटा-  कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नार्क अहिले विषम परिस्थितिमा रहेको बताउनु भएको छ। राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्क अन्तरगत धनकुटामा रहेका कार्यालयको अनुगमन गर्दै मन्त्री अधिकारीले विषम परिस्थितिकै बिच सके सम्म जनतालाई राम्रो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले अहिले कर्मचारी समस्यासँग जुधिरहेको नार्कमा सधैँ यो समस्या नरहने समेत बताउनु भएको छ।

मन्त्री अधिकारीले धनकुटामा रहेको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, राष्ट्रिय ब्यबसायीक अनुसन्धान कार्यक्रम तथा राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारि पात्लेको अनुगमन गर्नु भएको हो। अनुगमनको क्रममा सबै कार्यालयका प्रमुखले कार्यालयको अवस्था तथा अहिले सम्म भएको प्रगितीको बारेमा जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.