गाउँपालिकाले डोमको घरमा डोजर चलायो

सिराहा –  आफ्नै टोल छिमेकमा महायज्ञ लाग्ने भएपछि सिराहाको औरही–५ का दलित दीपक मालिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले दीपकको घर भत्काउन आदेश दिए, तुरुन्तै गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाए । दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको छ ।

औरहीस्थित हुलाकी सडकछेउमा चैत १७ देखि हुन लागेको ‘विष्णु महायज्ञ’ का लागि पूजा स्थलनजिकै रहेको दलित परिवार अहिले विस्थापित भएको छ । आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्ती भन्दा पर एकान्तमा टहरो बनाइदिएको छ ।

गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार गरी गैर कानुनी हर्कत र अन्याय भई रहँदासमेत गाउँमा रहेको चौकीका प्रहरी र स्थानीय अगुवाले मौन स्वीकृति जनाएका छन् । औरही गाउँपालिकामा सरसफाइको काम गर्ने दीपक मालिक डोम र अनिता मालिक डोमले जागिरबाट निकालिने डरले उजुरीसमेत गर्न सकेका छैनन् । अछुत भन्दै डोम समुदायका दीपक र अनितासहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.