गोरखा सदरमुकामबाटै पत्रकारको स्कुटर चोरी

गोरखा- गोरखा सदरमुकामबाट गए राती १ जना पत्रकारको स्कुटर चोरी भएको छ । चोरी भएको स्कुटर गोरखा नगरपालिका- ८ को नव निर्मित मानव सेवा आश्रम नजिकै रहेको खोल्सीमा बेवारिसे अवस्थामा फेला परेको छ ।
गए राती गोरखा नगरपालिका(६ को ठुलो आँगनमा रहेको आफ्नै निवासमा पार्किङ गरी राखिएको ग. ११ प ४००२ नम्बरको स्कुटर चोरी भएको हो । उक्त स्कुटर नेपाल टेलिभिजनका पत्रकार आत्माराम श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अहिले बजार क्षेत्रका केही सि सी क्यामेराहरूको रेकर्ड हेर्ने काम भइरहेको छ । प्रहरीले सम्भावित चोरहरूको पनि खोजी गरिरहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्