त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाकारी गराएको छ ।
स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ । उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागी पेशी तोकिएको थियो । अन्तरिम आदेशको छलफलको टुँगो नलागेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको विश्व विद्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्