प्रतिगामी हर्कतविरूद्ध एमालेले देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाडौँ – सत्तरुढ दल नेकपा एमालेले देशमा भइरहेका प्रतिगामी हर्कत विरुद्ध देशव्यापी रुपमा अभियान संचालन गर्ने भएको छ ।
गत चैत्र ४ गते बसेको पार्टी सचिवालय बैठकको निर्णय बमोजिम एमालेले दशैभर जनसचेतना अभियान संचालन गर्न लागेको हो ।
बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गर्ने निर्णय गरेको थियो ।
महासचिव शंकर पोखरेलले आज सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले केन्द्रीय सचिवालयले तय गरेका कार्यक्रमहरुलाई सबै वडा तह सम्म पुराउन निर्देशन दिनुभयो ।
अभियान अन्तर्गत चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने त्यसै गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम, जनप्रदर्शन,जागरण सभा, वृहत मोटरसाइकल र्याली र विशेष सभाको लगायतका कार्यक्रम रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्