महायज्ञका नाममा दलितमाथि ज्यादती: गाउँपालिका अध्यक्षसहित तीनै जना फरार

सिरहा- सिरहाको औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् । अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् ।

घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा गएका थिए । तर, उनीहरु नभेटिएको र सम्पर्कविहीन बनेको पण्डितले बताउनुभयो ।

उनीहरु तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको पण्डितले बताउनु भएको छ । ‘हामी घटनाबारे जानकारी लिन गएका थियौं,’ उहाँले भन्नुभयो, ‘तर, उनीहरु सबै भागेका रहेछन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.