खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव

काठमाडौँ – खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
उहाँले एउटा वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको भन्दै सरकार यसको अन्त्य गर्नको लागि लागिपरेको बताउनु भयो । उहाँले सुकेका खानेपानीका मुहनाहरुलाई पुरानै अवस्थामा फर्काउनको लागि प्राथमिकता साथ बजेट विनियोजन गरिने समेत बताउनु भयो । उहाँले अहिले २७ प्रतिशत जनसंख्या स्वच्छ खानेपानीको पहुँचमा रहेको भन्दै अबको एक वर्षभित्र यो संख्या बढाएर ५७ प्रतिशत पु¥याइने समेत दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुकेका खानेपानीका मुहनाहरु नै पुनर्जीवित गर्दै पुरानै संरचनामा पु¥याउनको लागि हामी काम गरिरहेका छौं । देशभरैका खानेपानीका मुहानहरुको सुरक्षाको लागि यसपटक खानेपानी मन्त्रालय प्राथमिकताका साथ बजेट विनियोजन गरेर अगाडि बढ्छ । र पानीको मुहना भनेको नेपाल सरकारको हो । त्यसका कसैले दादागिरी गरेर यो वडाबाट त्यो वडामा पानी जान नदिने जुन राजनीति छ त्यो राजनीतिक अबदेखि अन्त्य गर्छौं ।’
उहाँले आम नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सवालमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्