लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : पर्यटन मन्त्री पाण्डेय

रुपन्देही- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताउनु भएको छ ।
दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताउनु भएको हो ।
चिनिया दुतावास सँगको सहकार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरूको आयोजनामा बिहीबार देखी सुरु भएको महोत्सवको शुक्रवार उद्घाटन समारोह गरिएको हो ।
मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वभरका शान्तिप्रियहरूको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको बताउनु भयो । विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता सद्भाव र मानवताको सन्देश दिन सकिने बताउनु भयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउनु भयो । उहाँले चिनियाँ दूतावासले गरेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपालको पर्यटन प्रवर्द्धनसँगै मित्रता भ्रातृत्व र एकतालाई बलियो बनाउने बताउनुभयो ।
मन्त्री पाण्डेयले नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिन सक्ने बताउँदै यसको प्रमुख गन्तव्य लुम्बिनी हुने बताउनु भयो । उहाँले हालै पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाइल्यान्ड, कम्बोडिया लगायतका देशसँग सहकार्यमा सम्झौता भएकाले त्यसको कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो ।
यस्तै यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्धको ध्यानका लागि विश्वकै उत्कृष्ट स्थल रहेको बताउनु भयो । उहाँले बुद्विजमको उत्पत्ति र शान्तिको सन्देश दिने स्थल लुम्बिनी रहेकाले महोत्सवले त्यसको प्रवद्वनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले बुद्धका ८४ हजार उपदेशहरू रहेको बताउँदै त्यो मानव जीवनका लागि निकै उपयोगी रहेको बताउनु भयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रर्वद्वनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले लुम्बिनी विश्वभरका बौद्वमार्गीसंगै विश्वभरका शान्तिप्रियहरूको पनि पवित्र स्थल रहेकाले यहाँ गरिएको शान्ति महोत्सव, ध्यान, सांस्कृतिक कार्यक्रमले विश्वभर सकारात्मक सन्देश जाने बताउनु भयो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरेको बताउनु भयो। उहाँले नेपाल, चीन र अन्य राष्ट्र बिच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्