मेवा विक्रीबाट आम्दानी बढाउँदै सहकारी

दाङ-  दाङको एउटा कृषि सहकारीले मेवा खेतीबाट आम्दानी बढाउँदै लगेको छ ।

घोराही उपमहानगरपालिका–४ मा रहेको बलिदान कृषि सहकारीले मेवाको बिरुवा र फल विक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यहरूलाई रोजगारी पनि दिँदै आएको छ । सहकारीले ९ कट्ठा जग्गा भाडामा लिएर गत वर्षदेखि रेड लेडी जातको मेवा खेती सुरु गरेको थियो । सहकारीले हालसम्म मेवाको बिरुवा विक्रीबाट ५० हजार र पाकेको फल विक्री गरेर १ लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताउनुभयो । यसअघि रेमिट्यान्स सेवा मार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो । सोही क्रममा सहकारीले धान खरिद गरी चामल विक्रीबाट पनि गत वर्ष डेढ लाख आम्दानी गरेको थियो ।

तीन सय ५० सदस्य रहेको बलिदान कृषि सहकारीको डेढ करोड पुँजी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.