गोरखाको मानव सेवा आश्रम भवन निर्माणको लागी भएको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा करिब ३८ लाख सङ्कलन

गोरखा- गोरखा सदरमुकाममा निर्माण भई रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागी करिब ३८ लाख रुपैयाँ सङ्कलन भएको छ ।

नव निर्मित भनवको लागी अर्थ सङ्कलन गर्ने उद्देश्य सहित आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा ३७ लाख ८० हजार ६१३ रुपैयाँ सङ्कलन भएको आश्रमको गोरखा शाखाले जनाएको हो ।

चैत्र ५ गते भएको उक्त कार्यक्रममा ६३ जना ब्यक्तिहरुले नगद र प्रतिबद्धता गरेर उक्त रकम जम्मा भएको आश्रमकी सञ्चालिका अन्जु मोक्तान सम्भावनाले जानकारी दिनुभयो ।

‘मिट एन्ड ग्रिट’ मा भवन भित्रको १ कोठा निर्माणका लागी ५ लाख ११ हजार १११ रुपैयाँका दरले शित्तलकाजी मास्के, श्यामबाबु जोशी, वसन्तकुमार श्रेष्ठ र मिलन प्रेम श्रेष्ठद्वारा प्राप्त भएको पनि सञ्चालिका सम्भावनाले बताउनुभयो ।

उक्त रकम प्रदान गर्ने मास्के मानव सेवा आश्रम गोरखाका अभिभावक परिवारका संयोजक हुन भने जोशी भवन निर्माण समितिका कोषाध्यक्ष र वसन्तकुमार श्रेष्ठ अभिभावक परिवारका सदस्य हुन ।

त्यस्तै गरी, सोही कार्यक्रममा गोरखा नगरपालिका–६ पाटे चौरकी मलिना मास्के, ठुलो आँगनकी बिण्णु मास्के, अस्पताल रोडका कृष्ण ढकाल र हाल अस्ट्रेलियामा रहेका सोनिला मास्केले जनही १ लाख ११ हजार १११ रुपैयाँ भवन निर्माणको लागी सहयोग उपलब्ध गराएको पनि गोरखा आश्रमले जानकारी दिएको छ ।

उक्त रकम सहयोग गर्ने मध्ये ढकाल अभिभावक परिवारका सदस्य समेत हुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा हाँस् कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुख, जिल्ला न्यायाधिस, जिल्ला समन्वय समिति गोरखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरू, जिल्लामा क्रियाशील राजनैतिक दलका प्रतिनिधि, सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्व साधारणहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.