नेपालले पहिलो पटक हरायो सिङ्गापुरलाई

काठमाडौँ- फरवार्ड जिलेस्पी जङ्ग कार्कीको गोलमा नेपालले सिङ्गापुरलाई उसैको घरेलु मैदानमा पहिलो पटक हराएको छ । सिङ्गापुरकै राष्ट्रिय रङ्गशालामा सम्पन्न भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको हो ।

यसअघि चार पटक प्रतिष्पर्धा गरेको भएपनि सिङ्गापुरकै सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि फरवार्ड जिलेस्पीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा नेपालले अन्य अवसरहरू पाएपनि त्यसको सदुपयोग भने गर्न सकेनन्।

सिंगापुरले केही राम्रो अवसर निकाले पनि नेपालका कप्तानसमेत रहेका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपालको जित सुनिश्चित गरेका थिए ।

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त भएपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो ।

एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपालले त्यसैको तयारी गरिरहेको सिंगापुरसँग मैत्रिपूर्ण खेल खेलको हो ।

अब नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्नेछ ।

यो समूहमा भियतनाम र लाओस पनि छन् । शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.