आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं- देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार वागमती र मधेश प्रदेश लगायत पहाडी भागमा आज आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने । बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ ।

कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

आज राती कोशी प्रदेशमा आंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको हुने तथा उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको आज प्रकाशित विभागको बुलेटिनमा उल्लेख छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पुग्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.