विश्व दृष्टि विशेषज्ञ दिवस आज नेपालमा पनि बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदै

काठमाडौं- आज विश्व दृष्टि विशेषज्ञ दिवस । विश्वभर आँखा र यससँग सम्बन्धित विशेषज्ञहरुले विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छन् ।
नेपालमा पनि आँखा सम्वद्ध विशेषज्ञहरुले जनचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाइरहेका छन् । त्यसै सन्दर्भमा माट्रिका आँखा केन्द्रले प्रभातफेरि र अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो ।
नेपालमा पनि आँखासँग सम्बन्धित समस्या धेरै रहेका छन् । नेपालको अन्धोपन सर्भे अनुसार नेपालमा मुख्यत दृष्टि गुम्ने प्रमुख रोगलाई दृष्टि दोष मानिन्छ ।
बालबालिकामा अन्धोपनको समस्या ८ दशमलब ४ प्रतिशत, वयस्कमा ११ दशमलब २ प्रतिशत र कारण थाहा नभएका दृष्टि दोष भएकाको संख्या करिब ६५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्