स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरउन्नोतीको काम सुरु

रसुवा – शिलान्यास गरेको करिब छ वर्षपछि नेपाललाई चीन संग जोडने छोटो दुरीको स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरउन्नोतीको निमार्णको काम सुरु भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गर्न लागिएको स्याफ्रुबेसी देखि रसुवागढी सम्मको करिब १७ किलोमिटर सडकको स्तरउन्नोतीको निमार्णको काम चीनीयाँ पक्षले सुरु गरेको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चीनीयाँ निमार्ण कम्पनीले मार्च महिनाको दोस्रो सातादेखि स्तरउन्नोतीको काम प्रक्रियागत रुपमा अगाडि बढेको छ ।

गल्छी,त्रिशुली स्याफु्रबेसी रसुवागढी सडक योजनाका अनुसार सम्झौता भएको मितिले उनन्चालिस महिना भित्र काम सम्पन्न गर्ने गरी तीन करोड उनानअसी लाख बराबरको अमेरिकी डलरमा निमार्ण हुने यो १७ किलोमिटर सडकको साँढे आठ मिटर चौडाईमा कालो पत्रे गरिने छ भने छेउमा एक मिटर नाली रहने योजना रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.