सिराहामा वर्षा र हावाहुरीले गहुँ बालीमा ठुलो क्षति

सिराहा – आइतबार भएको भारी वर्षाले गहुँ बालीमा ठुलो क्षति पुर्याएको छ ।
सिराहाको थुप्रै जिल्लामा रहेको हजारौँ हेक्टर खेतको विभिन्नबालीहरुमा नोक्सान भएको छ ।
हावाहुरीसहितको पानीले बाली सोतर पारेको छ भने गहुँखेत डुबानमा पर्दा गहुँ काट्ने बेला र सुकाउन राखिएको गहुँ पूरै डुबेको छ ।
सिराहा जिल्लाको बरियारपटि ,ओरहि ,नवराजपुरमा बढी क्षति पुगेको छ । बरियारपटि गाउँ पालिकामा अधिक वर्षा र असिनाले प्रभाव पारेको छ ।
प्रतिक्रिया राख्नुहोस्