स्याङ्जाको मझकोटमा विंगर गाडी दुर्घटना , एक महिलाको मृत्यु

स्याङ्जा – वालिङ नगरपालिका—७ , मझकोटमा विंगर गाडी दुर्घटना हुँदा एक जनाको महिलाको ज्यान गएको छ ।
वालिङ—७, हिलेपानी बस्ने ४८ वर्षिय दिलसरा आलेको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
केँवरेबाट पोखरा हिँडेको ग १ ज ७५११ नं को विंगर दुर्घटना भएपछि चालक सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले करिव ७ बजे मझकोटमा उक्त सवारी साधन दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । दुर्घटना कति बेला र कसरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्