पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक छैनन्: सभापति देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको मान्छे नै नभएको र हुन पनि नसक्ने बताउनु भएको छ ।

काँग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टीको अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुझाव दिनु भएको छ ।

सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टी अध्यक्ष बनाउँदा पनि राप्रपा पछुताउने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो ‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्।’ सभापति देउवाले भन्नुभयो ‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला छैनन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.