गाजास्थित अस्पतालमा इजरायली आक्रमणः हमासका एक अधिकारी र सहयोगी मारिए

इजरायलले गाजाको एक अस्पतालमा हिजो साँझ गरेको हवाई हमलामा हमासका बरिष्ठ नेता र उनका सहयोगी मारिएका छन् ।
गाजाको खान युनिस सहरमा अवस्थित मुख्य स्वास्थ्य सेवा दिने नासेर अस्पतालमा भएको हवाई आक्रमणमा हमास समूहका वित्तिय मामिला प्रमुख इस्माइल बरहौम मारिएका हुन् ।
इजरायलले चार दिनअघि गरेको हवाई आक्रमणमा घाइते भएपछि अस्पतालमा उपचार गराइरहेका बरहौम हिजो भएको आक्रमणमा मारिएको अधिकारीले बताएका छन् ।
इजरायली सेनाले गोप्य सूचनाका आधारमा अस्पतालभित्र परिचालित हमासका सदस्यलाई आक्रमण गरी अन्यलाई कम क्षति हुने गरी सटिक हतियारको प्रयोग गरेको जनाएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले चिकित्सा कर्मचारीहरू सहित धेरै अन्य घाइते भएको बताएको छ । आक्रमणबाट अस्पतालको ठूद्यो भाग ध्वस्त भएको जनाइएको छ ।
इजरायलले हमासलाई हतियार र कमाण्ड सेन्टरहरूको लागि अस्पतालहरू लुकाउने ठाउँको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । हमासले भने त्यो आरोप अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्