गोरखामा आठ महिनामा १ सय ३३ जनामा क्षयरोगको पहिचान

गोरखा-  गोरखा जिल्लामा गएको ८ महिनाको अवधिमा १ सय ३३ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा जिल्लाका सबै पालिकामा क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।

सङ्क्रमण भएकामध्ये बार पाक सुली कोट गाउँपालिकामा सबैभन्दा बढी २६ जना क्षयरोगका बिरामी भएको पाइएको छ । बार पाक सुल कोटमा १३ जना महिला र १३ जना पुरुषमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै गरी, भीमसेन थापा गाउँपालिकामा  १२ जना महिला र १३ जना पुरुष गरी २५ जना, गोरखा नगरपालिकामा ८ जना महिला र १३ जना पुरुष गरी २१ जना र पालुङ टार नगरपालिकामा ४ जना महिला र १५ जना पुरुष गरी कुल १९ जनामा सङ्क्रमणको पहिचान भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरु घाट गाउँपालिकामा १४ जना, सहिद लखन गाउँपालिमा ९ जना, अजिर कोट गाउँपालिकामा ५ जना, धार्चे गाउँपालिकामा ५ जनामा क्षयरोगको सङ्क्रमण गाउँपालिकामा २ जनामा सङ्क्रमणको पहिचान भएको छ । गोरखामा गत आर्थिक वर्ष २०८०र०८१ मा २ सय ३२ क्षयरोगको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.