क्षयरोगको न्यूनीकरण गर्न नयाँ ढङ्गले अगाडी बढ्नु पर्छ: मन्त्री पौडेल

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने जरुरी देखिएको बताउनु भयो । उहाँले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्बन गर्न जरुरी रहेको बताउनु भयो ।

खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढङ्गबाट, प्रभावकारी ढङ्गबाट जाने स्थिति बनाउनु पर्छ । खुला सीमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्बन गर्नुपर्छ । खर्च भइरहेको छ । शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक छ । यहीँ टिभी क्षेत्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल हामीले सञ्चलनमा ल्याउनुपर्नेछ । आगामी आर्थिक वर्षमा यसलाई आवश्यक पर्ने बजेट विनियोजन गरेर यसलाई सञ्चालनमा ल्याउनेछौँ । टिभी फ्रि पालिका घोषणा गर्ने गरी हामीले १४९ लाई तोकेका छौँ । पहिलो १४९ मा पूर्ण परिणाम प्राप्त गर्न धेरै सजिलो छैन । त्यसमाथि नेपालमा ७५३ पालिका छन् । १४९ भनेको पाँच भागको एक भाग मात्रै हो । बाँकीलाई कसरी अघि लैजाने यसमा स्पष्ट नीति बन्नुपर्छ ।’

मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताउनु भयो । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.