सिफारिस समिति गठन गर्ने तीन दलको निर्णय

काठमाडौं – संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा रिक्त पदाधिकारी नाम सिफारिस गर्न पुन: सिफारिस समिति गठन गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको प्रमुख तीन दलको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धीतका आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमती जुटाएको हो ।
यसअघि पनि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समिति गठन गरिएको भएपनि कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन । मिश्रको समितिले निवेदन माग गरेपनि छनोट गर्न नसकि समितिको म्याद सकिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्