दाङको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

दाङ- दाङमा रहेको प्लाई उद्योगमा अस्ति रातिदेखि लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगको भित्री भागमा लागेको आगो निभाउन अझै १० प्रतिशत बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनु भयो । रातभर पनि आगो निभाउने काम भैरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो ।
करिब ८ बिगाहा क्षेत्रफलमा फैलिएको साङ्ग्रिला प्लाई उद्योगमा अस्ति राति करिब १ बजेबाट आगो लागेको थियो । आगोलागिबाट उद्योगका सबै सामग्री जलेर नष्ट भएका छन ।
आगो निभाउन दाङ, बाँके र कपिलवस्तुका २/२ वटा, रूपन्देही र बर्दियाका एउटा गरि ८ वटा दमकल र २ सय बढि सुरक्षाकर्मी परिचालन गरिएको दाङ प्रहरिले जनाएको ।
२०६३ सालमा स्थापना भएको प्लाइ उद्योगमा दैनिक ७ सय जनाले काम गर्दै आएको उद्योग सञ्चालक जितेन्द्र बस्नेतले बताउनु भयो । यस उद्योगबाट उत्पादित प्लाई विदेश पनि निर्यात हुदै आएको थियो ।
प्रतिक्रिया राख्नुहोस्