सिरहामा एसइई परीक्षामा चिट चोर्ने ३१ बिधार्थी निस्कासित

सिरहा- एसइई परीक्षामा चिट चोर्ने सिरहामा ३१ जना बिधार्थीलाई निस्कासन गरिएको छ । सिरहा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४० थान मोबाइल सेट, ११ थान स्मार्ट घडी बरामद गरी उनिहरुलाई समेत निस्कासन गरिएको हो ।
सिरहा जिल्ला परीक्षा अनुगमन समितिका अनुसार परीक्षाका क्रममा परीक्षा हलमा लगिएको मोबाइल र स्मार्ट घडी समेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए । चेकजाँचका क्रममा मोबाइल फेला परेपछि बरामद गरिएको हो ।
परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरूलाई चिट चोर्नमा सहयोग गरेको भन्दै सिरहाका विभिन्न परीक्षा केन्द्रका शिक्षकलाई पनि कारबाहीमा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्