वनमा लागेको डडेलो बस्तीमा पस्दा ६ घरगोठ जलेर नष्ट

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको बसन्त सामुदायिक बनमा लागेको डढेलो बस्तिमा पस्दा ६ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

हिजो दिउँसो जंगलको बेलटार क्षेत्रबाट शुरु भएको आगो बस्तिमा बस्दा ४ वटा गोठ र २ वटा घर जलेर नष्ट भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

डढेलोले बस्ति भेटेपछि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, स्थानीयहरु समेतको प्रयासमा डडेलो नियन्त्रणको काम भइरहेको उक्त वडाका वडा अध्यक्ष हरिचन्द्र श्रेष्ठले बताउनु भयो ।

डढेलोले रामपुरका ठिङ्ग्रे, चुकिया र स्वाङग्रा गाउँका घरहरु भेटेको छ । अहिले अग्नि रेखा बनाएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीयहरुले बताएका छन् ।

डढेलोबाट जलेर ६ वटा बाख्रा र कुखुराहरु मरेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले मानवीय क्षति नभएपनि घर र गोठभित्र रहेका सबै खाद्यान्न तथा कपडा लगायतका सामानहरु जलेर नष्ट भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.