रौतहटमा चक्कु प्रहारबाट दुई जना घाईते

रौतहट- रौतहटको बृन्दावन नगरपालिका वडा-६ हर्साहामा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ बर्षीय राजाबाबु पटेल घाईते भएका छन् ।

सोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका हुन् ।

हजुरबुबा जोगाउन गएका नाती राजाबाबु माथी अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा उनलाई पनि गम्भिर घाइते बनाएको प्रहरीले बताएका छन् ।

हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको पीडित परिवारको आरोप छ । घाइते दुबै जनाको बिरगंजमा उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.