स्थानीय गाउँलेद्वारा जनकपुर-भिट्ठामोड़ सडक पुनः अवरुद्ध

बिन्धी – पीडित परिवार र गाउँलेद्वारा बिन्धी मुख्य चौकमा चक्काजाम गरिएको छ ।
स्थानीय भन्छन्, ‘ हत्या भएको १३ दिन भयो , प्रहरीले स्थानीय नेताहरूको मिलोमतोमा अन्य हत्यामा संलग्नलाई पक्राउ गरेको छैन ।’
होलीको दिन हत्या भएको युवक हत्यामा संलग्न अन्य व्यक्तिहरू पक्राउ न गरिएको भन्दै स्थानीयले प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । चक्काजामबाट जनकपुर-भिट्ठामोड़ सडक अवरुद्ध भएको छ ।
स्थानीयका अनुसार बुधवार बिहानै देखी प्रदर्शन भई रहेको छ। बाटो खुलाऊँन स्थानीय प्रशासनले पीडित र गाउँले सँग संवाद अगाडि बढाएको छ ।
प्रतिक्रिया राख्नुहोस्