नेपालको पहिलो इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक

काठमाडौं –  नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सवारी सार्वजनिक गरिएको हो । सो कार्यक्रममा १० वटा रिडारा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडारा फोर ह्‍विलले ईभी पिकअप सेगमेन्टमा नयाँ स्तर स्थापित गरेको छ ।

४२४ किलोमिटरको रेन्ज दाबी गरिएको गाडीमा ७२ किलोवाट आवर क्षमताको ब्याट्री छ ।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै गाडीमा सात फरक-फरक ड्राइभिङ मोडहरू समावेश छन् ।

साथै५४० डिग्रीमा घुमेका क्यामेराले यसलाई सहज सुरक्षा सतर्कता अपनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ६.१ मिटरको टर्निङ रेडियस छ ।

रिडाराको प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.