खुदो बनाउने चटारोमा स्याङ्जाका  किसान

 स्याङ्जा –  परम्परागत रूपमा गोरु नारेर उखु पेल्ने परम्पराको अन्त्य सँगै आधुनिक मेसिनको प्रयोगले स्याङ्जा किसानहरू उखु खेती तर्फ आर्कषीत भएका छन् । पुरानो शैलीमा उखु पेल्दा अत्यन्त झन्जटीलो भन्दै उखु खेती गर्न छोडेका किसानका लागी  गाउँमा आधुनिक मेसिन आएसँगै पुन उखु खेतीलाई निरन्तरता दिइएका छन् ।

स्याङ्जाको काली गण्डकी गाउँपालिका ५ लुङसीङका किसानहरू उखु खेतीमा आर्कषीत भएका छन् । पुरानो चलन चल्तीमा गोरु नारेर उखु पेल्ने परम्परा पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढ्न थालेको छ । जसले गर्दा लुङसीङका १२ घरका स्थानीय  १५ रोपनी बाझो पाखो बारीमा उखु लगाएर उत्पादन बढाउन लागी परेका छन् । युवाहरू वैदेशिक रोजगारीमा जाँदा खेतीमा कमी आएपनी आधुनिक मेसीले सहज बनाएको छ । तर गाउँसम्म सहज यातायातको सुुबिधा नहुँदा उत्पादित खुदो बिक्रीका लागी समस्या रहेको कृषक भुवानन्द न्यौपाने बताउनु हुन्छ ।

युवा जनशक्तिको अभावले खेती गर्न कठिन भएतापनी स्थानीय पालिकाले विशेष अनुदानमा आधुनिक उखु पेल्ने मेसिन आयपछि निकै सहज भएको छ । तिन वटा उखुको बोटबाट करिब १ लिटर रस उत्पादन हुने एक पटक लगाएपछि हेरचाह गर्न सकेमा आठ –देखि वर्षसम्म निरन्तर उत्पादन हुने गर्दछ । उखु बिक्रीबाट कृषकले  वार्षिक १५ लखसम्म आम्दानी गर्दै आएका छन् । गोरुको प्रयोगले भन्दा मेसिनबाट काम गर्न सहज भएको काल गण्डकी ५ का वडा अध्यक्ष रुक बहादुर थापाले बताउनुभयो ।

यस वर्ष १५ देखि २० हजार लिटर खुदो उत्पादन हुने लक्ष्य कृषकको रहेको छ । किसानले तयारी खुुदो मानाको दुई सय र लिटरको २ सय ५० बिक्री गर्दै आएका छन् । व्यावसायिक रूपमा लागेका उखु किसानलाई अनुदानको ब्यबस्था गर्न सकेमा जिल्लामा उखु खेती कृषक सङ्ख्या बढ्ने देखिन्छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.