भारतीय सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माण सुरु

काठमाडौँ- भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले आज संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूले नेपाली जनताका लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने पूर्वाधारले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयोे । यसले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन उहाँहरूले बताउनुभयो ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु दुई करोड ७६ लाख परियोजना लागतमा भवन निर्माण हुन लागेको हो । त्यहाँ तीनतल्ले विद्यालय भवन र अन्य संरचनाहरू निर्माणमा प्रयोग गरिने बताइएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसिडिपी० का रूपमा लिइएको छ । यसको कार्यान्वयन स्थानीय सुरुङ्गा नगरपालिकामार्फत गरिँदैछ ।

जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन्, जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन् ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसिडिपीहरूमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको जनाइएको छ । यीमध्ये ८२ वटा परियोजनाहरू मधेस प्रदेश र त्यसमा नौ परियोजनाहरू सप्तरीमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.