बढ्यो सुनको मूल्य

काठमाडौं – सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला २ हजार २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्