बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

हाइनान(चीन)- एसियाका लागि बोआओ फोरम ९बिएफए० को वार्षिक सम्मेलन २०२५ चीनको हाइनान प्रान्तको बोआओमा बिहीबार सुरु भएको छ ।
सन् २००१ मा स्थापित बिएफए एक गैर–सरकारी र गैर–नाफामूलक अन्तर्राष्ट्रिय संस्था हो । यो क्षेत्रीय आर्थिक एकीकरणलाई वृद्वि गर्दै एसियाली देशहरूको विकासको लागि प्रतिबद्ध छ । मार्च २५ देखि २८ सम्म चल्ने यस वर्षको सम्मेलनको विषयवस्तु ‘परिवर्तनशील विश्वमा साझा भविष्यतर्फ एसिया’ भन्ने रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ उपप्रधानमन्त्री डिङ सुयाङले विगत एक दशकमा साझा भविष्यका साथ एसियाली समुदाय निर्माणमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ ।
चीन र आसियानले रणनीतिक साझेदारी स्थापना गरी क्षेत्रीय आर्थिक साझेदारी लागु भएको उहाँले बताउनुभयो । क्षेत्रीय आर्थिक एकीकरण सुदृढ भएको र विश्व अर्थतन्त्रमा एसियाको हिस्सा निरन्तर बढ्दै गएको उहाँले बताउनुभएको छ ।
डिङले विश्वव्यापी चुनौतिहरूलाई सम्बोधन गर्न, एसियाली समुदाय निर्माण गर्न र एसियालगायत अन्य सम्बन्धित क्षेत्रको राम्रो भविष्य सिर्जना गर्न संयुक्त प्रयासको आह्वान गर्दै विश्वको बढ्दो अस्थिरता र अनिश्चिततालाई समेत उद्धृत गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्