निरन्तर दोस्रो दिन पनि बढ्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ –  साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ४१.६७ अङ्कले बढेर २ हजार ६ सय ६३ दशमलव ५४ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको ९७ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका २ सय २७ कम्पनीको शेयर मूल्य बढेको छ । १६ कम्पनीको शेयर मूल्य घटेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क, वित्त, जलविद्युत, जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुन विमा कम्पनीको २७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गुराँस लघुवित्त रहेको छ ।त्यस्तै, यस दिन सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य साढे ८ प्रतिशत बढेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.