स्याङ्जामा ग्रामीण सडक कालोपत्रे हुँदै

स्याङजा- पछिल्लो समय सरकारले धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको उच्च मूल्याकंन गर्दै ग्रामीण सडकहरु कालोपत्रे गर्ने कामलाई तीव्रता दिएको छ ।
जसमध्ये स्याङ्जाको भीरकोट बयरघारीदेखि पर्यटकीय क्षेत्र स्वरेक मैदान जाने सडक, विस्तार, स्तरोन्नति तथा कालोपत्रे सुरु भएको छ । सडक कालोपत्रे भएपछि पर्यटकीय क्षेत्रमा सयौँ पर्यटकहरुलाई स्वरेक मैदान आउनजान तथा प्याराग्लाईडीङ अवलोकन गर्न जानका लागी निकै सहज भएको हो ।
स्याङ्जाको निकै प्रसिद्ध पर्यटकीय क्षेत्र स्वरेक मैदान जाने बाटो कालोपत्रे भएको छ । कच्ची बाटो बर्खामा हिलाम्य र हिउँदमा धुलाम्यको पीडा भोग्दै आएका पर्यटक र स्थानीयलाई बाटो कालोपत्रे भएपछि सहज भएको छ ।
२०६६ सालमा ट्रयाक खोल्ने काम भएपनि बाटोले मुहार फेर्न भने पाएको थिएन । तर सडक बिस्तारसँगै कालोपत्रे भएपछि यात्रा तथा कृषी उपजले समेत बजार पाएको स्थानीय बताउछन् ।
सिद्धार्थ राजमार्गदेखि करिब नौ किलोमीटर दुरी रहेको ग्रामीण सडकमध्ये तीन किलोमिटर सडक यसअधि नै कालोपत्रे भएको छ । बाँकी रहेको सडक यसै आर्थिक बर्षमा सम्पन्न भएको हो ।
पछिल्लो समय एक किलोमीटर सडक कालोपत्रे गर्नका लागि करीव ६४ लाख ६७ हजार रुपैयाँमा रोजिना कन्ट्रक्सने काम गरेको हो । अरु बाँकी रहेको सडकलाई क्रमागत रुपमा कालोपत्रे गरिने भिरकोट नगरपालिकाले जनाएको छ ।
गाउँलेहरुलाई बिरामी पर्दा अस्पताल तथा पर्यटकलाई प्याराग्लाइडिङ अवलोकनका लागी निकै कष्ट रहेको सडक कालोपत्रे भएपछि स्थानीय र पर्यटकहरुलाई समेत निकै सहज भएको छ ।
त्यति मात्रै होइन दैनिक साना, ठुला सवारी साधनलाई समेत कठिन भएको सडक कालोपत्रे भएपछि बयरघारी, आग्रीडाडा, माथिल्लो नेटाका स्थानीयलाई समेत सहज हुने भएको हो ।
प्रतिक्रिया राख्नुहोस्