नेपालमा पहिलोपटक चौपायका लागि गुणस्तरीय पोषिलो आहार प्याकिङ गरिँदै

झापा- नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका लागि पोषिलो आहरा बनाउने कार्य थालिएको छ ।

झापाको गौरादहमा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले त्यतिकै खेर जाने परालको सदुपयोग गर्दै गुणस्तरीय पोषिलो आहारा बनाउने कार्य थालेको हो ।

पराललाई गुणस्तर बृद्धि गरेर पशु चौपायका लागि पोषिलो आहरा बनाउन झापा जिल्ला नेपालमा पहिलो बन्न सफल बनेको छ । अमेरिकाको फ्लोरिडा विश्व विद्यालयको फिड द फ्यूचर भन्ने कार्यक्रममा महारानीझोडा साना किसान कृषि सहकारी संस्था छनौट भई परालको गुणस्तर बृद्धिको अभ्यास थालिएको संस्थाको पशु आहरा व्यवस्थापक उज्जवल अधिकारीले बताउनु भयो ।

दुग्ध उत्पादनमा कमजोर अवस्था रहेको देशलाई लक्षित गरी अमेरिकी फ्लोरिडा विश्व विद्यालयले आव्हान गरेको पशुपालन सुधार कार्यक्रममा विभिन्न देशले सहभागिता जनाएको थिए ।

त्यसमध्ये महारानीझोडा छनौट भइ दुध उत्पादन बृद्धि गरी किसानलाई सक्षम बनाउने दिशामा कार्यक्रम शुरु गरिएको अन्तराष्ट्रिय पशु अन्वेषण संस्थाका अनुसन्धानकर्ता डाक्टर यज्ञमणी नेपालले बताउनु भयो ।

सुकेको परालमा पोषिलो खाद्य तत्व मिश्रण गरी मेशिनको सहयोगमा दरिलो थिचेर बोरामा लगाइन्छ । जुन कार्यलाई पशुसम्बन्धी सरकारका उच्च निकायको सहयोगमा निर्माण तथा अनुसन्धान थालिएको मेशिन चालक बासु कोइरालाले बताउनु भयो ।

स्वस्थ्य गाईबस्तुबाट बर्षमा १० हजार लिटरसम्म दुध उत्पादन भइरहेको अन्तराष्ट्रिय पशु अन्वेषण संस्थाको तथ्याङक छ । तर नेपालमा भने ३० प्रतिशत मात्र उत्पादन भएकाले पशु स्वास्थ्य, नश्ल र आहरामा ध्यान दिन सके किसानको आम्दानीसँगै समृद्धि हासिलमा टेवा पुग्ने कृषि विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.