लोप हुँदै परम्परागत काठ चिरान गर्ने आराधरान

पाँचथर- परम्परागत काठ चिरान गर्ने आराधरान लोप हुन थालेको छ । काठ भेनियर र हाते उपकरण प्रयोगले धरान बनाएर काठ कटान गरिने पेशानै हराउन थालेको छ ।
परापुर्वकालदेखि हाते आराबाट रुख कटान गरी काठ काट्ने पेशा लोप हुन थालेका छन् । आजकल काठ चिरानका लागि बनाइने आराधरान देख्न छोडिएको छ । स्थानीय काठ कटान गरिने आराधरान विस्थापित हुनेगरी मेसिन प्रयोग हुन थालेर लोप भएको हो ।
सयौं मानिसले महिनौं लगाएर आराधरानबाट चिरान गर्ने काठ मेसिनको सहयोगबाट एकदिनमा चिरान गर्ने भएपछि आराधरान लोप भएको हो । यतिबेला गाउँघरहरुमा बिरलै मात्रामा आराधरान देख्न सकिन्छन् ।
यन्त्रबाट काठ चिरान हुने थालेर सयौं संख्यामा रोजगारी गुमेको परम्परागत रुपमा काठ चिरान गर्दै आएहरुको भनाइ छ ।
बिगतका बर्षहरुमा पाँचथर जिल्लामा काठ कटान आराधरानहरु खेतबारी, आँगन तथा बलेसीहरुमा प्रयाप्त देख्न सकिन्थ्यो । तर पछिल्लो समय यस्ता काठ कटान गर्ने शैलि फेरिएको छ ।
काठ कटान गर्ने हाते यन्त्र र भेजियर उद्योग स्थापनासंगै परम्परागत काठ कटान गर्ने आराधरान दुर्लभ भएको हो ।
हातेकाठ चिरान गर्ने आराधरानले दैनिक एक हजारदेखि २५ सय बढी आम्दानी लिंदै आएका थिए । आराधरानमा काठ चिरा पर्ने पेशा क्रमशः विस्थापित हुन थालेपछि आराधरानको परिचय दिनकै लागि प्रतिमा निर्माण हुन थालेका छन् ।
परम्परा आराधरान बनाएर काठ चिरानलाई वन कार्यालयले अवैध कार्य मानेपछि आराधरान लोप भएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया राख्नुहोस्