अमेरिकासँगको पुरानो सम्बन्ध समाप्तः क्यानेडेली प्रधानमन्त्री

काठमाडौं- क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्नीले दुई देशबीचको अर्थतन्त्रको गहिरो एकीकरण र कडा सुरक्षा र सैन्य सहयोगमा आधारित संयुक्त राज्य अमेरिकासँग क्यानडाको पुरानो सम्बन्ध समाप्त भएको प्रतिक्रिया दिनुभएको हो ।

अमेरिकाले आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जाहरूलाई २५ प्रतिशत कर लगाउँने घोषणा गरेपछि उहाँको यो प्रतिक्रिया आएको हो ।

मन्त्रिपरिषद् बैठकपछि ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्दा क्यानेडियनहरूले अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

अब क्यानाडाले अमेरिकासँग अगाडि बढेर बलियो व्यापारिक सम्बन्ध राख्न सक्छन् कि सक्दैनन् भनेर हेर्न बाँकी रहेको समेत प्रधानमन्त्री कार्नीले बउनुभयो ।

कार्नीले पछिल्लो आयात शुल्कहरूको सामना गर्न अर्को महिनाको आम चुनाव अगाडि आफ्नो अभियान योजनाहरूमा परिवर्तन समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.