छुट्टाछुट्टै प्रदर्शनले काठमाडौँको यातायात प्रभावित

काठमाडौँ-  संघीय समाजवादी मोर्चा र पूर्वराजा समर्थित समुहले आयोजना गरेको छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभा गर्दैछन। सभामा पुग्न विभिन्न स्थलबाट निस्किएको जुलुसका कारण काडमाडौँ उपत्यकाको यातायातत अवगमन प्रभावित भएको छ ।

विशेष गरी रत्नपार्क, बरमहल, कुपण्डोल, त्रिपुरेश्वर र सोह्रखुटटे बालाजु तिनकुने माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर भद्रकाली, असन, जमल कमलादी, पुतलीसडक, पद्यमोदय, र बागबजार लगायतका स्थानमा पनि यातायात व्यवस्थापन प्रभावित भएको छ ।

ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.