हीरक महोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना

काठमाडौँ – सार्वजनिक सेवा प्रसारण- रेडियो नेपालले हीरक महोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजना गरिएको शिविरको सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले स्वास्थ्य परीक्षण गरी शुभारम्भ गर्नुभयो ।
शिविरमा नेपाल नेश्नल हस्पिटल र दृष्टि आइ केयर सेन्टरका विशेषज्ञ डाक्टरहरूद्वारा आँखा, दाँतका साथै हाडजोर्नी रोगको समेत चेकजाँच गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर र जनरल फिजिसियन डाक्टरहरूद्वारा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्