काठमाडौँको भृकुटीमण्डपमा समाजबादी मोर्चाको जनप्रदर्शन

दुर्गा प्रसाइँको नेतृत्वमा तीनकुनेमा सभा

काठमाडौँ- समाजवादी मोर्चा, नेपालले अहिले काठमाडौँको भृकुटीमण्डपमा विरोधको कार्यक्रम गरिरहेको छ।

लोकतान्त्रिक गणतन्त्रको विरुद्ध भएका गतिविधिहरुको विरोधमा आज मोर्चाले विरोध सभाको कार्यक्रम राखेको हो ।

विरोध सभामा भाग लिन काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट जुलुशसहित मानिसहरु सहभागि भएका छन ।

यसक्रममा रत्नपार्कबाट निकालिएको र्‍यालीमा सम्बद्ध दलका नेता तथा कार्यकर्ताहरु सहभागी छन ।

भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा हुने सभामा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

उता राजसंस्था स्थापनाको माग गर्दै दुर्गा प्रसाइँको अगुवाइमा काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन भइरहेको छ।

काठमाडौँका विभिन्न ठाउँबाट जुलुश निस्कँदा यहाँको यातायातको अवस्था भने भद्रगोल बनेको छ । सडकको आवत जावतमा बाधा पर्दा यात्रुहरुलाई सास्ती भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.