बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्ति दूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति भण्डारी

 लुम्बिनी- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्ति दूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ ।

लुम्बिनीमा शुक्रवार थुक्छे छोई लिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गर्नुभयो । गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबिचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था रहेको भन्दै उहाँले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।

´ लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उहाँले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उहाँले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.